प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटार स्रोतका अनुसार बुधबार प्रधानमन्त्रीको स्वाब परीक्षणका लागि दिइएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।
प्रधानमन्त्रीका राजनीति, परराष्ट्र तथा प्रेस सल्लाहकारका साथै स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सर्वसाधारणमा चासो बढेको छ ।
स्राेतका अनुसार प्रधानमन्त्री कार्यालयमा खटिएका सुरक्षाकर्मीसहित एक सय पचास जनाकाे काेराेना परीक्षण गरिएकाेमा १५ जनाभन्दा बढी सुरक्षाकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
सुरक्षाकर्मीमा काेराेना पुष्टि भएसँगै ट्रेसिङमा परेका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहका सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराइ तथा स्वकीय सचिव इन्द्र भण्डारीकाे परीक्षणमा काेराेना पुष्टि भएकाे हाे ।
ट्रेसिङमै पर्नुभएका प्रधानमन्त्रीमा भने नेगेटिभ रिपाेर्ट देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?