भक्तपुरमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
१७ वर्षीया युवतीलाई लठ्याउने औषधि खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोगढीका नीरकुमार खड्का र जुगलका सूर्य श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुले १६ गते शुक्रबार बिहान ११ बजे युवतीलाई रत्नपार्कमा लठ्याउने औषधि खुवाएर बसमा चढाएर सूर्यविनायक पु¥याएको र पार्किङ गरेर राखेको बसमा सामूहिक बलात्कार गरेका थिए ।
शुक्रबारदेखि शनिबार बिहान ११ बजेसम्म बसभित्रै बलात्कार गरेका उनीहरुले त्यसपछि फेरि लिवालीमा रहेको तिवियाखुसी खोलाको किनारमा पार्किङ गरेको बसभित्र लगेर पनि बलात्कार गरेको भक्तपुर प्रहरीले जनाएको छ । युवतीलाई बलात्कार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया