रुपन्देहीमा नेकपाका २ हजार कार्यकर्ताले पार्टी छाेडेकाे घाेषणा गरे

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका दुई हजार जनाभन्दा धेरै कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा उनीहरुले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालीलगायत ३५ संस्थामा आबद्ध नेकपाका सदस्यले पार्टी छोड्ने घोषणा गरेकाे होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष समुद्र जीसीले बताउनुभयो ।

उहाँले पार्टीलाई सरकारमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएकाले पार्टी छोड्ने घोषणा गरको बताउनुभयो ।

प्रदेश नम्बर ५ को राजधानी दाङ सार्ने तयारी भएपछि केही दिनयता रुपन्देहीमा विरोध प्रदर्शन हुँदै आएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ ।प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएकाे छ ।

सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो ।

प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुई तिहाईका लागि ५८ मत आवश्यक पर्छ । त्यस्तै नाममा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेकाे छ
सभामुख पूर्णवहादुर घर्तीले दुई तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्याको भालबाङ क्षेत्र घोषणा गर्नुभयो ।

प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित हुनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?