कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ ।

कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाएरनपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । नेकपा नेता भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ७५३ स्थानीय तहमा कृषकहरुको डाटा संकलन गर्न लागिएको हो ।

सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले राष्ट्रिय जनगणना गर्न लागेकै बेला कृषि मन्त्रालयले देशभर छुट्टै गणना किन गर्न लागेको भन्ने प्रश्नमा मन्त्री भुसालले भन्नुभयो, ‘किसानहरुबाट हामीले जुन तथ्यांक लिनुपर्ने हो, त्यो हामीले खोजेजस्तो राष्ट्रिय जनगणनाबाट प्राप्त हुँदैन । राष्ट्रिय जनगणना समग्र गणना हो भने कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको हो ।’

सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय तहका वडा र पालिकामा दर्ता हुने कृषकहरुलाई स्थानीय तहले कृषक प्रमाण पत्रसमेत दिने मन्त्रालयले जनाएको छ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै कृषकमा सरकारी पहुँच पुग्ने कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

कृषकका लागि विभिन्न निकायबाट हुने सेवा प्रवाह एकीकृत गर्ने तथा कृषिको वर्गीकरण तथ्यांकबाट राष्ट्रिय डाटावेश तयार गर्ने उद्देश्य मन्त्रालयको छ । कृषकहरुको सर्वेक्षणको कार्यविधिबारे बुधबार कृषि मन्त्रालयमा कर्मचारीहरुसँग मन्त्री भुसालले थप छलफल गर्ने कार्यक्रम रहेको स्रोतले बतायो । -स्रोत : अनलाइनखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?