दार्चुला । जिल्ला अदालत दार्चुलाका न्यायधीस गिरिराज गौतमको सरुवा भएको छ । एक बर्ष बढी जिल्ला न्यायधीसको जिम्मेवारीमा दार्चुला बसेका गौतमको सिराहा सरुवा भएको हो ।
बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक दार्चुलाका न्यायधीस गौतमसहित १ सय १४ जना न्यायधीसहरुको सरुवा गरेको छ ।
न्याय परिषदको निर्णय अनुसार जिल्ला अदालत दार्चुलाका न्यायधीस गिरिराज गौतमको सिरहा जिल्ला अदालतमा सरुवा गरेको छ भने गौतमको ठाउँमा कपिलबस्तु जिल्ला अदालतबाट लोकजङ शाह जिल्ला अदालत दार्चुलाको न्यायधीसको जिम्मेवारीमा आउने भएका छन् ।
परिषद्ले हालै नियुक्त भएका २९ जना जिल्ला न्यायधीसहरुको समेत पदस्थापना गरेको छ ।





प्रतिक्रिया