अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच १० घण्टादेखि वार्ता जारी रहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सकारात्मक रहेको बताइएको छ ।
यसअघिको बैठकमा दुवै टोलीले सहमतिको लागि ड्राफ्ट बनाएको थियो । त्यसपछि केही समय रोकिएको वार्ता सरकारी टोलीले ड्राफ्ट माथिल्लो निकायमा र डा. केसीका प्रतिनिधिले पनि डा. केसीलाई देखाएपछि पुनः सुरु भएको थियो । अहिले ड्राफ्टमा केन्द्रीत भएर छलफल भइरहेको छ ।
डा. केसीसँग वार्ता गर्नका लागि सरकारले बुधबार शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यस्तै, डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो ।





प्रतिक्रिया