एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि, सङ्क्रमित एक लाख ५६८४ पुगे

गएको २४ घण्टामा देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या एक लाख पाँच हजार छ सय ८४ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १२ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । अब नेपालमा ३० हजार आठ सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या छ सय १४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?