तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, यो एउटा थोरै हदसम्मको पुनर्गठन हो, तर व्यापक पुनर्गठन तिहारपछि हुन्छ ।

नेतृत्वपंक्तिको स्रोतबाट त्यही कुरा बाहिर आएको छ । दोस्रो, स्थायी कमिटीले, केन्द्रीय सचिवालयले छलफल ग-यो र पछिल्लो समय दुई अध्यक्षबीच पनि व्यापक छलफल भएको छ ।

छलफलबाट उहाँहरूले नै अहिले थोरै परिवर्तन र तिहारपछि व्यापक परिवर्तन गर्ने निष्कर्ष निकाल्नुभएको भन्ने छ । त्यसैले अहिलेको नियुक्ति दुई अध्यक्षको छलफलको परिणाम हो ।

‘अहिले व्यापक रूपमा पुनर्गठन गरौँ न त भन्ने कुरा पनि आएका हुन्, तर दुई अध्यक्षले धेरै छलफल गरेपछि अहिलेलाई थोरैमा सीमित रहौँ र यसबीचमा राम्रो गृहकार्य गरेर तिहारपछि व्यापक परिवर्तन गरौँला भन्ने तय भएअनुसार यो भएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले सबैको कुरा सुनेरै यो गरिएको हो भन्ने मेरो बुझाइ छ ।’ – आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस : १२ औँ पटक मन्त्रिपरिषद हेरफेर : दार्चुलाले यसपटक पनि पाएन मन्त्री

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?