मिलापत्रका नाममा घटनाकाे ढाकछाेप नगर्न प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको छ ।

६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको हो ।

उहाँले बलात्कार लगायतका घटना लुकाउनको लागि सामाजिक दबाब र भनसुन, विभिन्न खालमा प्रभाव आए पनि कानुन कार्यान्वयनमा अघि बढ्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

निष्पक्ष अनुसन्धान कानुन कार्यान्वयन र कानुनी राज्यको आधार भएकाले पीडितलाई न्याय दिन र राज्यमा दण्डहीनता अन्त्यको लागि पनि आवश्यक भएकाले पारदर्शी सेवा संचालन गर्न प्रहरीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

यसैबिच सरकारले गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवर्द्धनात्मक तथा निरोधात्मक काम गर्न पालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्नेरगराउने काम रोक्न निर्देशन दिएको हो ।

बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि यसअघि महान्यायाधिवक्ताको कार्यालयले चासो व्यक्त गरी त्यस्ता कार्य रोक्नका लागि प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

पालिकाका जनप्रतिनिधिहरु समेत रोहबरमा बसी पीडक र पीडितका बीचमा मिलापत्र गराउने तथा सहमतिको कागज गराएकोप्रति ध्यानाकर्षण भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । साथै यस्ता घटनाहरुले पीडितलाई शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा मनोसामाजिक रुपले पीडित बनाएको पत्रमा उल्लेख छ ।

साथै महान्यायाधिवक्ताको कार्यालयले गम्भीर कसुरमा अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीमा सबै क्षेत्रबाट सहयोग र समन्वय गर्न भनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?