चार लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलले एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।
अख्तियारले चार लाख घुस रकमसहित ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र सहानी र उनकी क्षीमती निमला केबललाई पक्राउ गरेको हो ।
थुनामा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै रकम लिँदैगर्दा अख्तियारले शुक्रबार दिउँसो रूपन्देहीको सियारी गाउपालिका- ७, खनाल मिठाई पसलबाट सहानीलाई पक्राउ गरिएको आयाेग कार्यालय बुटबलका सूचना अधिकारी सुरेश भुसालले बताउनुभयो ।





प्रतिक्रिया