सुदूरपश्चिम प्रदेशमा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशका पाँच वटा प्रयोगशाला मार्फत ९ सय ८४ जनाको परीक्षण गरिएकोमा थप ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४० जनाको परीक्षण गरिएकोमा कैलालीका ४८ सहित ५८ जनामा कोरोना पुष्टि भएको छ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिनुभयो । डडेल्धुरामा दार्चुलाको मार्मा गाउँपालिकाका तीन जना सहित १४ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरामा मार्माका तीन र बैतडीमा लेकम गाउँपालिकाका एक पुरुष गरी शनिबार दार्चुलाका चार जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
शनिबार ७९ जना संक्रमित थपिए सँगै सुदूरपश्चिममा संक्रमितको संख्या आठ हजार आठ सय ५६ पुगेको छ। संक्रमित मध्ये ७ हजार बढिले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।
यो पनि पढ्नुहोस : दार्चुलाका थप चार जनामा कोरोना, संक्रमितको संख्या १९८ पुग्यो
यो पनि पढ्नुहोस : २४ घण्टामा तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि





प्रतिक्रिया