सुदूरपश्चिम सरकारले कोरोनाका विरामीको निशुल्क उपचार गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण निशुल्क गर्ने बताईएको छ।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यस उत्तरदायीत्ववाट नपन्छिने बताउनुभएको हो ।

‘अहिलेसम्म कोरोना परिक्षण तथा उपचार जसरी निशुल्क थियो, अझै पनि त्यसरी हुनेछ।’ मुख्यमन्त्री भट्टले भन्नुभयो। प्रदेश सरकारले सरोकारवाला सबैलाई खबर गरिसकेको मुख्यमन्त्रीका स्वकिय सचिव शिव सिंह ओलीले बताउनुभयो ।

संघीय सरकारको भनाईलाई नागरीकमा आतंक सृजना नगर्न आग्रह गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश अन्तरगतका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै निशुल्क परीक्षण तथा उपचार हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?