दार्चुला । दार्चुला सदरमुकास्थित महाकाली नगरपालिका वडा नम्बर ४ र ५ बाट कन्ट्रर्याक्ट ट्रेसिङ अनुसार असोज २६ गते स्वाब संकलन गरिएकोमा असोज २९ गते गरिएको परीक्षणमा केहि मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि असोज २९ गते बेलुकी ८ बजेदेखि जारी गरिएको निषेधाज्ञा मंगलबारदेखि हटाइएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा संक्रमित बढ्दै गएको भन्दै संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन महाकाली नगरपालिकाले वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गर्न गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले लागू गरेको निषेधाज्ञा कार्तिक ११ गते बेलुकी ६ बजे देखि लागू हुने गरी हटाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

महाकाली नगरपालिकाको सिफारिसमा असोज २९ गते विहिवार बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै निशेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा अवधिमा उक्त क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अत्यावश्यक सेवा डेरी, तरकारी तथा फलफुल र खाद्य सामाग्री विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला रहने तथा औषधी पसल २४ सैँ घण्टा खुल्ला सहन सक्ने र तोकिएको समय बाहेक अन्य समयमा कुनै पनि किसिमको आवतजावत गर्न नपाउने गरी निशेधाज्ञा जारी गरिएको थियो ।

निशेधाज्ञा अवधिभर अस्पताल, औषधी पसल लगायत अन्य स्वास्थ्य सम्बन्धि निकाय र सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक २ गतेदेखि बन्द गर्ने निर्णय गरिएको थियो । निशेधाज्ञाको उल्लङघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको भएपनि निषेधाज्ञाको पूर्ण पालना भने भएको थिएन ।

अझैपनि संक्रमणको जोखिम कायमै रहेकोले सामाजिक, भौतिक, व्याक्तिगत दुरी कायम गर्न, मास्क र सेनिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै भिडभाड हुने गतिविधि नगर्न नगराउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको उल्लङ्घन गरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलद्धारा हस्ताक्षरीत आदेश पत्रमार्फत जनाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?