सांसदलाई सुधारिएको लोगो

संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ।

सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो। तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध भएको थियो।

सुनको जलपयुक्त लोगोमा झण्डाको रंग समेत लतपत थियो। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो।

विवादमा परेपछि उद्योगले नि:शुल्क लोगो परिवर्तन गरिदिएको हो। दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगोको डिजाइन टेकवीर मुखियाले गरेका हुन्।

प्रति लोगोमा सचिवालयले ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको थियो। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरुले नयाँ लोगो प्रयोग गर्न थालेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?