बाह्र दिनपछि प्रचण्ड बालुवाटारमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। i

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ। कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो।

कर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन्।  दुई अध्यक्षबीचको संवादहीनता तोड्नका लागि प्रधानमन्त्री ओली निकटका नेताहरू दिनहुँजसो खुमलटार पुग्ने गरेको थिए।

बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ अलग-अलग समयमा खुमलटार पुगेका थिए। बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए।

खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए। मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि शुक्रबारसम्म प्रचण्ड बालुवाटार नगएको प्रचण्डनिकट स्रोतको दाबी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?