बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने सरकारको निर्णय

दार्चुला । बंगलादेशले मल पैँचो नदिने भएपछि सरकारले मल खरिद नै गर्ने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने निर्णय गरेको हो ।

यसअघि सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो । तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गर्न निर्णय भएको हो ।

सरकारले अब बंगलादेशसँग जीटुजी मोडलमा मल खरिद गरेर ल्याउन तयारी गरेको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग मूल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने छ । सकेसम्म सस्तोमा मल खरिद गर्ने नेपालको तयारी छ ।

ठेकेदारको लापरबाहीका कारण नेपालमा हरेक वर्ष रसायनिक मल अभाव हुने गरेको छ । यसैबीच, सोमबारको मन्त्रिपरिषद्ले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?