चितुवाको छाला र अफिमसहित २ जना पक्राउ

प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

चितुवाको छाला र अफिमको कारोबार भइराखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका १२ का २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ का २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन किलो सात सय ५० ग्राम (अफिम) र पुच्छरसहितको ६ फिट ११ इन्च लम्बाइको चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?