दार्चुला । नेपाल टेलिकमको सिप्टी टावरबाट फोर जी इन्टरनेट सेवा सुचारु गरिएको छ । मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको सीमानामा रहेको सिप्टी टावरमा फोर जी सेवा सुचारु भएसंगै मार्मा गाउँपालिकाको अधिकासं क्षेत्रमा फोर जी चल्न थालेको बिक्रम जोशीले बताउनुभयो ।

सिप्टी टावरको जिएसएम बिटिएरबाट फोर जी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । सिप्टीमा फोर जी सुचारु भएसंगै मार्मा गाउँपालिकाको अधिकासं भुभाग र नौगाड गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा इन्टरनेट चल्न थालेको रेडियो लोकदर्पणका नौगाड सम्बाददाता प्रकाशसिह धामीले जानकारी दिनुभयो ।

केहि स्थानमा फोर जी नेटवर्क सञ्चालनमा आएपनि केहि ठाउँमा फोन समेत नलाग्ने समस्या कायमै रहेको उहाँले बताउनुभयो । नेपाल टेलिकमको सिप्टी टावर राखिएकोे बिनायक क्षेत्र आसपासमा फोन नेटवर्क र इन्टरनेटले राम्रोसंग काम गर्न थालेको स्थानीयले बताएका छन् ।

केहि अग्ला डाडाहरु र छिटफुट स्थानबाहेक दार्चुलामा इन्टरनेट सेवा राम्रोसंग काम नगर्ने गरेको र जिल्लाको अधिकासं स्थानमा टु जि नेटवर्क समेत काम नगर्ने गरेको लेकम गाउँपालिका वडा नम्बर ४ का स्थानीय अनिल परियारले बताउनुभयो ।

लेकम गाउँपालिकाको अधिकासं क्षेत्रमा दिउँसो मात्रै फोन लाग्ने र बिहान र बेलुकी देखि रातभरी फोन सेवाले समेत काम नगर्ने समस्या रहेको स्थानीय परियारले बताउनुभयो । फोन सेवाको विस्तार नगरेरै एक दुई स्थानमा फोर जी सञ्चालन गर्नुको खासै अर्थ नरहेको फोन नलाग्ने विभिन्न क्षेत्रका स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?