नेपाल संवत् ११४१ सुरु

नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । नयाँ वर्ष ११४१ का अवसरमा आइतबार विविध कार्यक्रम गरिँदैछ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतकाे सुरुवात गर्नुभएको थियो ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डाक्टर त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

२००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

२०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?