काठमाण्डाैको कुलेश्वरमा दुई लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र सात लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
काठमाण्डौ महानगरपालिका १४ काे कुलेश्वरमा शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू साेमबार बेलुका पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काभ्रेका यादव चौलागाईँ, धादिङका राजु पौडेल, चितवनका राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका श्याम तामाङ र कैलालीका प्रेम बडवाल रहेका वृत्तका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहराले बताउनुभयो ।





प्रतिक्रिया