नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक सार्न प्रस्ताव गर्नुभएको छ । बुधबारका लागि तय भएको बैठक केही दिन पर सार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्ताव गर्नुभएको हो ।

पार्टीमा देखिएको विवाद समाधानका लागि गत कात्तिक २८ गते शुरु भएको सचिवालय बैठक भोलि (मंसिर ३ गते) प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तय भएकाे थियाे । स्रोतका अनुसार अध्यक्ष ओलीको प्रस्तावका बारेमा भोलिको बैठकमै निर्णय गर्नुपर्ने भन्दै बैठक सार्न कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो प्रस्तावमा ३ गतेको बैठकमा छलफल हुनुपर्ने उहाँको अडान छ, तर ओली पक्षले भने त्यो प्रस्ताव फिर्ता नभएसम्म सचिवालय बैठक बस्न नसक्ने बताएका छन्  ।

दुबै अध्यक्षको सहमतिमै बैठकको मिति तय भएकाले बैठक रोक्न नहुने र बहुमत सदस्यको उपस्थिति भएमा बैठक सुचारु हुनुपर्नेमा कार्यकारी अध्यक्षलगायत पाँच जना सचिवालय सदस्यको अडान रहेको स्रोतले बताएको छ ।

पार्टी भित्रको ‘कचकच’ मिलाउन सबैले राजीनामा गरौं : ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीका सल्लाहकार प्रदीप नेपालले सामाजिक सञ्चाल फेसबुकमा राख्नुभएको स्ट्याटस् अनुसार ओलीले पार्टी भित्रको कचकच मिलाउन सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको हो ।

नेपालले स्ट्याटसमा, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ। हुर्रा !’ लेख्नुभएको छ ।

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

यसअघि मंगलबार प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?