नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा दार्चुला जिल्लाका ईन्चार्ज गणेशसिंह ठगुन्नाले नेकपा पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताउनुभएको छ ।

प्रेस संगठन नेपाल दार्चुला शाखाले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ठगुन्नाले नेकपा जटिल परिस्थितिबाट अगाडी बढिरहेको कुरा स्वीकार गर्दै पार्टीभित्रका सबै समस्या र अन्तरविरोधहरु छिटै समाधान हुने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता ठगुन्नाले देशमा धुब्रिकृत भएको कम्युनिष्ट आन्दालेनलाई निकै लामो मेहनतका साथ एकिकृत गर्दै यसलाई अगाडी बढाउने प्रयास भइरहेको बताउदै जनता र कार्यकर्ता एकताको पक्षमा रहेकोले नेताहरुले चाहेर मात्रै पार्टी विभाजन नहुने धारणा राख्नुभयो ।

नेताहरु पनि विभाजनको पक्षमा छैनन, उहाँले भन्नुभयो, यदि कुनै नेताले विभाजन गर्न खोजेपनि कार्यकर्ताहरुले हस्तक्षेप गरेर पार्टी एकतालाई जोगाउनुपर्छ । अहिले देखिएको बिवादबाट बिभाजन नभइ पार्टी झनै बैचारीक ढंगले एकिकृत हुने र अन्तरविरोधहरुको बैज्ञानिक सामाधान हुने नेता ठगुन्नाको भनाई छ ।

दार्चुलाको कम्युनिष्ट आन्दोलन पनि विभाजन नहुने बताउदै उहाँले पार्टीभित्र अन्तरविरोध र पक्षधरता देखिएपनि विभाजनको पक्षमा कोहि नरहेको स्पष्ट पार्नुभयो ।

जिल्लाको विकासको सन्दर्भमा धारणा राख्दै उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत, विमानस्थल, सिचाई लगायत सबै क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकारबाट कामहरु भइरहेको जानकारी दिनुभयो ।

नेता ठगुन्नाले जिल्लाको विकास र पुर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बारे दिएको जानकारी लोकदर्पण टिभीको अर्को समाचारमा बिस्तृतमा हेर्न सक्नुहुनेछ, पत्रकार सम्मेलनमा नेता ठगुन्नाले गरेको पूरा सम्बोधन हेर्दै सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

खलंगामा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै सासंद गणेश सिंह ठगुन्ना|Lokdarpan TV|Radio Lokdarpan

सम्बन्धित समाचारहरु : जनप्रतिनिधिको स्वास्थ्य सुधारको प्रतिबद्धतापछि स्वास्थ्यकर्मी उत्साहित

स्थानीय पूर्वाधार विकासको रकम स्वास्थ्य क्षेत्रमा केन्द्रित

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?