नेकपाको द्वन्द्वमा कांग्रेस फस्दैन : कांग्रेस प्रवक्ता शर्मा

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भैरहेको बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताउनुभएको छ ।

कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उहाँको भनाइ छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ

सत्तारुढ नेकपाभित्रको विवाद बढिरहँदा शनिबार ओली र देउवाबीच बालुवाटारमा भेट भएको थियो । भेटबारे दुवै पक्षले केही खुलाएका छैनन् । तर दुई शीर्ष नेताबीच सत्ता साझेदारीको विषयमा कुराकानी भएको अड्कलबाजी गरिएको छ । पार्टी विभाजन भएमा ओलीले कांग्रेससँग मिलेर सरकार चलाउने तयारी गर्नुभएको चर्चा चल्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?