प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको सोमबार उद्घाटन गर्दै उहाँले समृद्धि नचाहने तत्व सरकारविरुद्ध खनिएको बताउनुभयो ।
सरकारको राम्रो काम देखेर केही मानिसलाई असह्य भइरहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचार भएको भन्दै सरकार परिवर्तनको हल्ला निराधार भएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रणालीविरुद्ध नै प्रहार भइरहेकाले सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।
उहाँले भारतद्वारा मिचिएको नेपालको भूमि फिर्ता लिने, छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ सुमधुर बनाउँदै लैजाने पनि बताउनुभयो ।





प्रतिक्रिया