भारतका विदेशसचिव हर्षबर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि मंसिर ११ गते बिहीबार नेपाल आउँदै हुनुहुन्छ ।
परराष्ट्र मन्त्रालयले साेमबार एक विज्ञप्तिमार्फत भ्रमणका बेला शृंगलाले उच्च तहमा भेटघाट गर्ने जानकारी दिएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव शृंगलासहितको टोली र नेपाली प्रतिनिधिमण्डबीच बहुपक्षीय विषयमा छलफल हुने पनि मन्त्रालयले जनाएको छ ।
मङ्सिर ११ गते द्विपक्षीय छलफल हुने र केही विषयमा सम्झौता पनि हुनेछ । ११ गते नै शृंगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जनाएको छ । भारतीय विदेश सचिव शृंगला १२ गते भारत फर्कने तालिका रहेको छ ।





प्रतिक्रिया