भारतीय विदेश सचिव शृंगला आज नेपाल आउँदै

नेपाल – भारत सिमा विवादबारे बहस जारी रहेकाे  अवस्थामा भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज (बिहीबार) नेपाल आउँदै छन् ।

नेपाल-भारत दुवै देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादकै बीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला बिहीबार काठमाडौं आउन लागेका हुन् ।

नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी नेतृत्वकाे प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।

आजको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन्। विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सह-सचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारी हुनेछन् ।

भारतीय विदेश सचिव शृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भइसकेकाे छ । यस्तै, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेतासँग पनि विदेशमन्त्री शृंगलालको शिष्टाचार भेट हुने जनाइएकाे छ ।

शुक्रबार नेपाली थिंक ‘ट्यांक एआईडिआईए’ द्वारा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गरेर उनी दिल्ली फर्किने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?