२४ घण्टामा १ हजार ७०३ सङ्क्रमित थपिए, १२ सय बढी डिस्चार्ज

गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ ।

१० हजार चार सय ६० जनाकाे नमुना परीक्षण गर्दा यति सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

यो सँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ ।

नेपालमा अहिले १७ हजार दुई सय ३७ जना आइसोलेशनमा छन् ।

यस्तै ६ सय एक जना क्वरेण्टीनमा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?