दार्चुला । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले महासचिवले पार्टी बैठकबारे व्यवस्थापन गर्न नजानेकाले पार्टीभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ ।
दुई अध्यक्षको छुट्टाछुट्टै प्रस्ताव पेस भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक बोलाउनुपर्ने उल्लेख गर्नुभएको छ।
यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु रु यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न’ गौतमले भन्नुभएको छ।
बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाउने पनि उहाँको भनाइ छ । गौतमले पार्टीभित्र उत्पन्न विवाद बैठक र छलफलबाटै समाधान हुने पनि उल्लेख गर्नुभएको छ ।
‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ ।
बैठक बस्न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ । यो बैठक बस्ने वातावरण बनाउन जो(जसले मिहिनेत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ’ गौतमले भन्नुभएको छ । बैठकमा आफूलाई लागेको कुरा खुला(खुलस्त, बिना लप्पन(छप्पन, मौखिक(लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई उहाँले धन्यवाद पनि दिनुभएको छ ।





प्रतिक्रिया