प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङहेबीच भेटवार्ता

दार्चुला । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

रक्षामन्त्री एंव चिनियाँ स्टेट काउन्सिलरले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नु भएको हो । उहाँहरुबीच दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यस अघि चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?