दार्चुला । विद्युतीकरण माग गर्दै शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले महाकाली लोक मार्ग बन्द गरेका छन् ।

पटक पटक गाउँमा विद्युतिकरणको लागी माग गर्दा समेत विद्युतीकरणमा कुनै निकायले चाँसो नदेखाएको भन्दै स्थानीयहरुले महाकाली लोकमार्गको गोकुलेश्वर खलंगा सडक खण्डको पनेबाँजमा चक्का जाम गरेको स्थानीय दिपक लुहारले बताउनुभयो ।

मंसिर १२ गते पनि महाकाली लोकमार्ग अबरुद्ध गरेर सांकेतिक आन्दोलन थालेका स्थानीयहरुले आज (सोमबार) बिहान साढे ८ बजेदेखि भने अनिश्चितकालिन चक्का जाम गरेका हुन् । वर्षाैदेखि विद्युतीकरणका लागि माग गर्दै शान्तीपूर्ण आन्दोलन गरिरहदा पनि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला तथा सरोकार वाला निकायले वास्ता नगरेको संघर्ष समिति संयोजक जग्दीश धामीले बताउनु भयो ।

स्थानीय सरकार, जिल्ला प्रशासन कार्यलय दार्चुला, विद्युत प्राधिकरण वितरण केन्द्रसंग विद्युतीकरणका लागि पटक पटक माग गर्दा पनि वास्ता नगरेकोेले बाध्य भएर आन्दोलन गरेको धामीले बताउनुभयो ।

उक्त क्षेत्रमा विद्युतीकरणको लागी भन्दै पोल गाडेकोे ४ बर्ष भन्दा बढी भइसेको मालिकार्जुन गाउँपालिकाका स्थानी मनोज धामीले बताउनुभयो । पोल गाडेर तार समेत विछ्याईएको छ, विद्युतीकरणको लागी कुनै पहल भएको छैन, उहाँले भन्नुभयो । दार्चुलाका लागि आएको विद्युतीय सामग्री, बैतडी र बझाङ गएको सुन्नमा आएकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उहाँको भनाई छ ।

यस अघि मंसिर १२ गते सांकेतिक आन्दोलनका क्रममा पनि विद्युतीकरणको लिखित प्रतिबद्धता गरे आन्दोलन फिर्ता लिने लचकता स्थानीयहहरुले गरेका छन् ।

विद्युतीकरणका लागि लिखित प्रतिबद्धता गरे अझै पनि आन्दोलन फिर्ता हुने र यातायात खुलाइने संघर्ष समिति संयोजक जग्दीश धामीले । सबै पक्ष बसालेर बन्द खोल्ने प्रयास भइरहेको मालिकार्जुन प्रहरी चौकीका प्रहरी इन्चार्ज तेज बहादुर खड्काले बताउनु भयो ।

सम्बन्धित समाचार

गाउँमा बिजुली नबलेपछि पनेबाजमा चक्काजाम (फोटोफिचर)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?