नेप्से २ हजार विन्दुको नजिकै, नौ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरै

दार्चुला । शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अङ्कले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको केही बेरमै दुई हजार २७ विन्दुमा पुगेको नेप्से फेरि घटबढ हुँदै १९ सय ९७ विन्दुमा रोकिएको हो ।

पछिल्लो समय लगातार बढिरहेको बैंकिङ समूहको शेयर सोमबार भने ७ दशमलव ३ अङ्कले घटेको छ । सोमबार विकास बैंक र फाइनान्स समूहको शेयर पनि घटेको छ ।

सोमबार जीवन बीमा समूहको शेयर ८ सय २३ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ९३ अङ्कले, व्यापार समूहको १ सय ५१ अङ्कले, जलविद्युतको ७९, उत्पादन समूहको ७३, अन्य समूहको ४० र माइक्रो–फाइनान्स समूहको शेयर ३७ अङ्कले बढेको छ ।

सोमबार एक सय ५८ कम्पनीका दुई करोड ५१ लाख ९१ हजार कित्ता शेयर आठ अर्ब ८६ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार युनाइटेड मोदी जलविद्युत्, माथिल्लो तामाकोशी जलविद्युत् लगायत नौ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?