बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

दार्चुला । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

यसअघि पार्टी मुख्यालय धुमबाराहीमा बस्न तय भएको सचिवालय बैठक सुरक्षा थ्रेट भन्दै बालुवाटारमै बसेको हो।

बैठकमा कात्तिक २८ गते सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन र प्रधानमन्त्री ओलीले १३ गतेको बैठकमा फर्काएको प्रत्युत्तरबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्री ओलीले मंसिर १३ गते सचिवालयमा पेश गरेको प्रतिवेदनको जवाफ अध्यक्ष दाहालले दिनेछन्।

नेकपाका अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने पक्षमा छन्। तर, प्रधानमन्त्री ओली सचिवालयमा नै छलफल गर्नुपर्ने पक्षमा छन्।

नेकपाले यही १८ गते स्थायी कमिटीको बैठक र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?