प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उहाँले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उहाँहरु दुवै दृष्टिविहिन हुन् ।
अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उहाँ पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
नन्दा भने समाजसेवामा हुुनुहुन्छ । उहाँले काठमाडौंमा बालआश्रम चलाइरहनु भएको छ । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उहाँहरु नजिक भएका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।





प्रतिक्रिया