दार्चुलामा २६२ संक्रमणमुक्त, शैल्यशिखरमा सीमा क्षेत्रका विद्यालय बन्द

दार्चुलामा हालसम्म ३६ सय बढी मानिसको कोरोना परीक्षण गर्दा २९३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका २६२ जनाले कोरोना जितिसकेका छन् ।

२९३ संक्रमितमध्ये ३१ जना सक्रिय संक्रमित रहेका छन् । महाकाली नगरपालिकामा २८ जना र अपिहिमाल गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली र अपिहिमाल बाहेकका अरु सात स्थानीय तह तत्कालका लागि संक्रमणमुक्त रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो ।

यसैबिच बैतडीमा आज डिलाशैनी गाउँपालिकाका ६ जनासहित एकैदिन १७ जनामा संक्रमण पुष्टि भएको छ । डिलाशैनीमा संक्रमित फेलापरेपछि १० दिनका लागि लकडाउन गरिएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाले पनि बैतडीको सीमा संग जोडिएका विद्यालयहरु १ हप्ता बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकासंग सीमा जोडिएको बैतडीको डिलासैनी गाउँपालिकामा कोरोना संक्रमित फेला परेकोले नगरपालिकाको बैतडीको सीमा नजिक रहेका कृष्ण मावि बलाच, सत्यप्रकाश मावि देथला, गोकुलेश्वर मावि र जगन्नाथ आवि बलाच भोलि देखि १ हप्ता सम्म बन्द गर्ने निणर्य भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।

बैतडीको डिलासैनी गउँपालिकाबाट पनि विद्यार्थीहरु आउने भएकोले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?