१४ वर्षीया बालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक

बलात्कार भएको १० महिनापछि ओखलढुङ्गामा घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको घटना खुलेको प्रहरीले जनाएको छ ।

घटना बाहिरिएपछि आरोपित चम्पादेवी गाउँपालिका २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । बालिकाले आफू २०७६ फागुन २८ गते बलात्कृत भएको बताएको परिवारको भनाइ छ ।

बालिका बिरामी भएपछि रामेछापको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारका लागि लगिएकोमा बालिकाले मङ्सिर १३ गते बच्चा जन्माएकी थिइन्, उनको अहिले उपचार भइरहेको छ ।

बालिकासँग सोधपुछपछि बलात्कृत भएको बताएपछि परिवारका सदस्यले सोमबार उजुरी दिएका थिए । उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?