नेकपा फुटाउने अधिकार कसैलाई छैन : मुख्यमन्त्री राई

दाचुंला । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताउनुभएको छ ।

सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवन उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भन्नुभयो, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’

उहाँले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?