दार्चुला । आइतबार नेकपाको स्थायी कमिटी बैठकमा अनुपस्थित हुनुभएका केपी शर्मा ओलीले पत्र लेख्दै पठाउनुभएको छ ।
ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावमा आफूलाई निराधार आरोप लगाइएको र त्यो प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने जानकारीसहितको पत्र स्थायी कमिटीमा पठाउनुभएको हो ।
‘अध्यक्ष प्रचण्डको डकुमेन्टलाई राजनीतिक प्रस्ताव भन्न मिल्दैन र त्यो आरोपपत्रको बारेमा स्थायी कमिटीमा छलफल नै गर्न हुन्न’ ओलीले पठाएको पत्रमा भनिएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति विना नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठक दुवै अध्यक्षका प्रस्तावमाथि सामान्य छलफलपछि स्थगित भएको हो । अब २८ गते स्थायी कमिटीको बैठक र मङ्सिर २५ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक पुस ५ गते बस्ने निर्णय भएको छ ।
यस्तो छ ओलीले स्थायी कमिटी बैठकलाई लेखेको पत्र–







प्रतिक्रिया