नेपाल भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै

दार्चुला । नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक आज बस्दैछ ।

दुई देशको व्यापार र पारवहन सन्धिमा भएका व्यवस्थाको पुनरावलोकन गर्न नेपाल र भारतका वाणिज्य सचिवस्तरिय बैठक भिडियो कन्फरेन्स माध्यमबाट आज सुरु हुँदैछ ।

हरेक दुई वर्षमा हुने बैठक यस वर्ष कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो ।

दुवै देशका वाणिज्य मन्त्रालयका सहसचिव नेतृत्वको अन्तर सरकारी उपसमितिको बैठकमा भएका छलफलका एजेण्डालाई सचिवस्तरिय बैठकले अन्तिम रुप दिने बताइएको छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र भारतीय समकक्षी अनुप वाधवानले टोलीको नेतृत्व गर्ने बताइएको छ ।

यसअघि २०७५ वैशाखमा काठमाडौंमा नेपाल भारतका वाणिज्य सचिवस्तरिय बैठक भएको थियो ।

प्राविधिक समितिका अनुसार नेपाल र भारतका सीमा क्षेत्रमा एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाहलगायतका पूर्वाधार निर्माणको विषयमा पनि छलफल हुने बताइएको छ ।

यस्तै हाल भएका भन्सार विन्दुको स्तरिकरण गर्ने विषयमा पनि कुरा उठाउने नेपाली प्रतिनिधिमण्डलको तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?