दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन्।
राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोलि या पर्सिमा बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ ।
बैठकका लागि प्रधानमन्त्रीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहितसँग आवश्यक परामर्श गरिरहनु भएको छ ।
प्रधानमन्त्री अहिले परामर्शमै रहनु भएकाले थप कुरा बैठकको मिति र विषय तय भएपछि थाहा हुने रिमालले बताउनुभयो ।





प्रतिक्रिया