सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर कायम

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।

सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो ।लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।

पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बृद्धि भएको छ ।यस अघि ८ हजार ८ सय ४८ मिटर कायम रहेको थियो ।यही मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत साधानमा सगरमाथाको उचाइ मापन गरेको यो पहिलो पटक हो ।नेपालले आधिकारीक रुपमा उल्लेख गर्ने ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो ।त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले पनि सगरमाथाको मापन गर्दा दुवैको आंकडा फरक फरक निष्किएको थियो ।

अमेरिकाको मापनमा ८८५० मिटर र चीनको मापनमा ८८४४ मिटर रहेको थियो ।चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ मापन गरेको थियो ।

यस पटक भने हिउँसहित मापन गरिएको नावी विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?