ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे छलफल

दार्चुला । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बुधबार (आज) बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको आइतबार प्रधानमन्त्रीको अनुपस्थिति विना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि भन्दै सात दिनको समय छुट्याएको छ । सात दिनसम्म नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल गर्ने, सचिवालय बस्ने र ओली र प्रचण्डले पेस गरेका प्रस्तावको बारेमा निष्कर्ष निकाल्न पहल गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?