दार्चुला । सुदुरपश्चिम प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आईतबार (आज) सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का ७५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भेन्टिलेटरमा उपचाररत उहाँको आइतबार बिहान मृत्यु भएको हो । उहाँलाई कोरोना संक्रमणपछि निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्या रहेको उहाँले बताउनुभयो ।
यस्तै धनगढी उपमहानगरपालिकाकै वडा नम्बर १ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उहाँमा श्वासप्रश्वास र सुगर सम्बन्धी समस्या रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।





प्रतिक्रिया