अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने

दार्चुला । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र विशेष अधिवेशनका लागि पनि निवेदन दर्ता नगर्ने सहमति भएपछि उहाँ बैठकमा सहभागी हुनुभएको हो । यससँगै भदौ २६ गतेपछिका सबै निर्णय फिर्ता लिने सहमति भएको छ ।

बुधबार मात्रै दुई पटक दुई अध्यक्षको छलफल भएपछि यस्तो सहमति भएको नेकपा स्रोतले जनाएको छ । बुधबारको स्थायी कमिटी बैठकमा छलफल गरेर अध्यादेश फिर्ता गर्न माग गर्ने नेताहरूले तयारी गरेपछि दुई अध्यक्षबीच यस्तो सहमति भएको हो । यो सहमतिसँगै ओली बैठकमा सहभागी भएपछि दुई अध्यक्षबीचको सम्बन्ध केही सुधार हुने अपेक्षा गरिएको छ ।

यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो । प्रचण्ड–माधव नेपाल समूहका केही नेता विशेष अधिवेशनका लागि ८० जना सांसदको हस्ताक्षर बुझाउन राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?