दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।

केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको हो । यसैबीच, आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि अन्योलमा परेको छ ।

घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन ।

अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैबिच संसद विघटनको लागि गरिएको सिफारिसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कां‌‌ग्रेसले अस्थिरताको पराकाष्ठा भएको प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्रीको यस्तो कदम अस्थिरताको पराकाष्ठा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?