अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस

दार्चुला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस हुनुभएको छ ।

संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको बताउनुभयो ।

‘निर्णय सार्वजनिक भयो कि भएन मलाई थाहा छैन तर नियुक्तीको निर्णय ३० गते भएको हो,’ तिमिल्सिनाले भन्नुभयो, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको छ।’

सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।

अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। उहाँले झन्डै एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?