दार्चुला । राजनीतिक घटनाक्रम फेरिएसँगै चारै सुरक्षा निकायले आफ्ना मातहतलाई ‘चनाखो बस्न’ सर्कुलर गरेका छन् ।

राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताउनुभयो ।

‘शान्ति सुरक्षाको अवस्था र अन्य गतिविधि निगरानी भएको अवस्था हो’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवरले भन्नुभयो ।

सुरक्षा निकायले देशभर संवेदनशील र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटार आसपास र शीतल निवास क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?