विप्लवको विज्ञप्ति : यो संकट आउनु अनिवार्य थियो (विज्ञप्तिसहित)

दार्चुला ।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि उहाँको सरकार असफल भएको बताउनुभएको छ ।

उहाँले ओलीले संसद विघटन गरेको विषयमा टिप्पणी गर्दै अहिलेको असफलता र संकट आउनु अनिवार्य भएको र हाल आएर त्यसको नतिजा देखिएको बताउनुभएको छ ।

‘आज केपी ओलीले कथित लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई बलात् भंग गरे । नेपाली जनताको अग्रगामी एवम् रुपान्तरणकारी चाहना र ललाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु अनिवार्य थियो’, विप्लवले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओलीले शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न नसकेपछि आफ्नो संकट टार्न संसद भंग गरेको पनि विप्लवले आरोप लगाउनुभएको छ । विप्लव नेतृत्वको नेकपालाई ओली सरकारले नै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?