नेकपा स्थायी कमिटीमा कसको शक्ति कति?

प्रचण्ड-नेपालसँग २७ जना, प्रधानमन्त्रीसँग १३, मौन ३ जना

दार्चुला । नेकपाको ४४ सदस्यीय स्थायी कमिटीका बहुमत सदस्यको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।

यो निर्णयसँगै नेकपाभित्र कसको कित्ता कता भनेर समेत स्पष्ट भइसकेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा बहुमत स्थायी कमिटी सदस्य छन् भने प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्।

आइतबारको बैठकमा ओलीइतर समूहको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुजी पन्त, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य, देव गुरूङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, देवेन्द्र पौडेल, चक्रपाणि खनाल र लिलामणि पोखरेल सहभागि थिए।

प्रधानमन्त्री ओलीको पक्षमा उनीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, पृथ्वी शुब्बा गुरूङ, शंकर पोखरेल, किरण गुरूङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल र रघुबिर महासेठ छन्। त्यस्तै उहाँलाई पूर्व माओवादीका रामबहादुर थापा र लेखराज भट्टले साथ दिएका छन्।

स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र मणि थापा आजको ओली इतरको बैठकमा नआएकाले उनीहरु ओलीकै कित्तामा गएका हुन् भन्ने अनुमान समेत छ। यद्यपि स्थायी कमिटी सदस्य गजुरेलले आफूहरु कुनै कित्तामा नरहेको स्पष्ट पारेका छन्।

पार्टी एकताका लागि आफूहरूले गरेको प्रयाससमेत असफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?