दार्चुला । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय सांसदलाई वालुवाटार बोलाएका छन्।
संसद विघटनपछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सांसदहरूलाई बालुवाटार बोलाएका हुन्।
प्रधानमन्त्री ओलीले सोमबार बिहान साढे ९ बजे सांसदलाई बोलाएको एक सांसदले बताउनुभयो । प्रधानमन्त्रीज्यूले वालुवाटार बोलाउनुभएको छ। संसद विघटन र निर्वाचनका बारेमा छलफल गर्न बोलाउनुभएको होला,’ ती सांसदले भने।
यसैबिच प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले अब पार्टी फुट्न सक्ने जानकारी दिनुभयो। पछिल्लो घटनाक्रम हेर्दा पार्टी फुटको दिशामा गएको छ ।





प्रतिक्रिया