दार्चुला । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।
‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।
बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ।
आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभएको थियो ।
आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका छन्।





प्रतिक्रिया